तिमी को ?
यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ,
त्यसलाई छोप्ने अहङ्कार नै प्रिय छ !
त्यो उदाङग् पार्न खोज्ने तिमी को ?
यहाँ हामीलाई यो अलमल नै प्रिय छ,
यो धरमर नै प्रिय छ ;
तर, हामी त्यसोलाई त्यसो भन्न चाहँदैनौं;
त्यो भन्ने तिमी को ?
यहाँ श्रङ्खला ल्याउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो हार नै प्रिय छ,
त्यसैलाई हामी जयमाला बनाउन चाहन्छौं,
"तिमी जितेका छैनौ, जित्ने त अर्कै छ" भन्ने तिमी को ?
हामीलाई हाम्रो आलस्य नै प्रिय छ,
दुर्गती नै प्रिय छ,
यो पसारो नै प्रिय छ,
उठाउन खोज्ने तिमी को ?
हामीलाई हाम्रो सुधार चाहिएको छैन,
क्रान्ति चाहिएको छैन,
उधारो गुण र क्रान्तिको भ्रान्ती
कसैले केहीबेरको लागि दिए हुन्थ्यो भन्ने हाम्रो जपाना छ,
"त्यसो नगर,आफैं योग्य बन" भन्ने तिमी को ?
आफ्नो अशक्यता, आफ्नो आलस्य, आफ्नो घीनसीन पोख्ने
हामीलाई एउटा पात्र चाहिएको छ,
हामी हाम्रो हितैषीलाई मारेर भए पनि
"हामी उसले भने जस्तो होइनौं" भनेर
आफ्नो वीरता साबित गर्न चाहन्छौं,
"त्यसो नगर" भन्ने तिमी को?
गोपाल प्रसाद रिमाल (२००७)
May 2, 2010
तिमी को ?
By
Salik Shah
at
12:49 AM
Top of Page
Top of Post
Read more: Nepali Youth And Employment, Nepalis Politics, Poetry, Visit New Nepal 2007
Subscribe to:
Post Comments (Atom)


0 discussions:
Post a Comment